Sunday, July 25, 2021

देउवालाई सल्लाह दिँदै नेता नेपालले भने, ‘ ओलीले पनि गल्ती स्वीकार गरेर आए माफी दिनुपर्छ है शेर बहादुर जी ’

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गल्ती स्वीकार गरेर आए प्रधानमन्त्री केपी शर्मा ओलीलाई माफी दिने बताएकाछन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै नेता नेपालले कहिलेकाहीा मान्छेबाट गल्ती हुने भन्दै माफी दिने बताए ।

उनले कांग्रेस सभापति शेर बहादुर देउवाको राय लिने भाषामा भने, ‘मानिस हुन कहिले काहीँ गल्ती हुन्छ । केपी ओलीले पनि गल्ती स्वीकार गरेर आए माफी दिनुपर्छ है शेर बहादुर जी ।’

उनी विपक्षी गठबन्धन देशको स्वाधिनता, राष्ट्रियता र स्वाभिमानको चिन्ता लिएर एक ठाउँमा भएको बताए ।

नेपाली जनताको चेतना स्तर बढेको र संविधानको रक्षा गर्दै नेपाली जनताको रक्षा गर्ने र जनजीवनलाई सहज बनाउने बताए ।

उनले भएको संसद मासेर संभव नभएको चुनाव गर्न खोज्नु ओलीको अहंकार भएको भन्दै भने, ‘मैले आह्वान गर्छु, त्रुटी सच्चाएर, कोर्स करेक्सन गरेर एउटै बाटोमा आउन सकिन्छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं