Monday, August 2, 2021

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो ।

आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाईड्रोपावर र होटेल र पर्यटन बाहेक सबै समूहको समूहगत सूचक घटेको छ । हाईड्रोपावर समूहको समूहगत सूचक सर्वाधिक बढी १.९७ प्रतिशत बढेको छ भने विकास बैंक समुहको १.६४ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ३५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

५१ अंकले घट्यो नेप्से

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं