Sunday, August 1, 2021

सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु

काठमाडौं – पर्साकाे वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकमा भिपि ५२ टि ७५५० नम्बरको ट्रक र ना.७ ख २६६६ नम्बरको टिपर आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा पैदलयात्री वीरगंज महानगरपालिका-२२ जगरनाथपुर बस्ने ७० वर्षीय बैधनाथ राउत कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका टिपर तथा ट्रकका चालक र सह-चालक समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा से.७ प ४३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-८ बडियाँ बस्ने २८ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय कालु चौधरी र २१ वर्षीय मान बहादुर साउँदको बडिमालिका पोलिक्लिनिक चौमालामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं