Wednesday, August 4, 2021

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं – कास्कीकाे पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी ईलामकाे रोङ गाउँपालिका-४ जोरकलसबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित झापा कमल गाउँपालिका-३ बस्ने २१ वर्षीय प्रबिन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मे.१० प ५५८७ नम्बरको स्कुटरलाई प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटर चालक प्रबिनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं