Saturday, July 24, 2021

सिमकोट गाउँपालिकाको बजेट नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड


हुम्ला । सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका लागि पहिलो प्राथमिकता राखेको छ ।

त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको छ । पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ ।

गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८।०७९ को बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ ५८.०९ र पूँजीगततर्फ ४१.९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं