धारा ७६(५) सांसदहरुलाई दिएको ब्रह्मास्त्र : वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं – संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा संवैधानिक इजलासमा सुरु भएको छ ।

इजलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६(५) सरकार दिएर संसद जोगाउने ब्रह्मास्त्र भएको बताएका छन् । श्रेष्ठले ७६(५) अनुसार सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्ने बताए ।

‘धारा ७६(५) सांसदहरुलाई दिएको ब्रह्मास्त्र हो । जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छ । यसैका लागि ७६(५) राखिएको हो ।’ उनले भने, ‘यसमा दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत हो ।’

उनले धारा ७६(५) सांसदहरुले अन्तिमम सम्म पनि सरकार दिएर संसद जोगाउने आधार भएको बताए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं