लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन तीन दिनसम्म मनाइने

काठमाडौं – लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन विविध जनचेतनामूलक कार्यक्रमसहित ३ दिनसम्म मनाउने कार्यक्रम रहेको छ ।

विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार १० देखि १२ गतेसम्म उक्त दिवस मनाइने प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभाग, सामुदायिक सुरक्षा महाशाखाले बुधबार जनाएको छ ।

कार्यक्रम अन्तर्गत ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता: लागूऔषध अपराध विरुद्धको ऐक्यवद्धता’, ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔं’, ‘लागू पदार्थको सेवन: गयो अमूल्य जीवन’ भन्ने जनचेतनामूलक नाराहरू तय गरिएका छन् ।

यसैगरी ‘स्वच्छ जीवन उच्च विचार: लागूऔषधको गरौं बहिष्कार’, ‘हामी सबैको आवाज: लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहाना: लागूऔषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँ: स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानी: स्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ सभ्य समाजको निर्माण गरौँ’, ‘लागूऔषध सेवन नगरौँ, आफू बाँचौँ: अरूलाई पनि बचाऔं’, ‘लागूऔषध नगरौं ओसारपसार: बिग्रिन्छ तपाईंको प्यारो घर संसार’, ‘लागूपदार्थको नशा: जीवनको दशा’, ‘लागूपदार्थको प्रयोगबाट आफू, परिवार, समाज, राष्ट्रलाई नै अतुलनीय क्षति हुँदा यस्ता पदार्थदेखि टाढै रहने प्रण गरौं’ तथा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता: लागूऔषध अपराध विरुद्धको ऐक्यवद्दता’ भन्ने सचेतनामूलक नारा रहेका छन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं