Wednesday, August 4, 2021

‘वहालवाला मन्त्रीले नै ओरोपीलाई छुटाउन जानु जातजन्य विभेद निरन्तरता’ : वृहत नागरिक आन्दोलन


काठमाडौं– सरकारीवादी मुद्धाका ओरोपीलाई सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठको संलग्नतामा छुटाउने काम भएको भन्दै वृहत नागरिक आन्दोलनले ध्यानाकर्षण भएको जनाएको छ ।

जातकै आधारमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार आफै महानगरीय प्रहरी वृत्त सिंह दरवार पुगेका थिए ।

‘वहालवाला मन्त्रीले नै ओरोपीलाई छुटाउन जानु जातजन्य विभेद निरन्तरता दिनु त हो नै, दण्डहिनतालाई थप बलियो बनाउन राज्य शक्तिको चरम दुरुपयोग गर्नु हो’ वृहत नागरिक आन्दोलने विज्ञप्तिमा भनेको छ, ‘यो घटनामा मन्त्रीले गरेको शक्तिको दुरुपयोग दलित समुदाय माथि सदियौं देखि भएका हिंसा र गम्भीर मानव अधिकार उलंघनका घटनालाई राज्यले संरक्षण दिन्छ भन्ने यथार्थको पुनःपुष्टि हो ।’

विज्ञप्तिमा कानुन कार्यान्वयन गर्ने निकायलाई प्रभावित गर्ने गरि राजनैतिक दल, सरकार र समाजका वश्चर्वशालीको मिलेमतोले यस्ता घटनामा मूलतः अन्यायपूर्ण न्यायिक प्रक्रियालाई थप मलजल गरेको उल्लेख छ । यसले पीडितको सुरक्षा र संरक्षणमा थप जोखिम समेत उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं