Saturday, July 24, 2021

कोरोनाको संक्रमणबाट मृत्यु हुने ६० वर्ष माथिका ५३ प्रतिशत

काठमाडौं–स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट मुलुकभर मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने उमेर समूहको तथ्यांक विश्लेषण गर्दा ६० र ६० वर्षभन्दा माथिको उमेर समूहका रहेका छन् । मन्त्रालयको तथ्यांक यो उमेर समूहका ४ हजार ७ सय ४७ अनुसार जुन कुल मृत्युको ५३ प्रतिशत भन्दा बढी हो ।

मृत्युको तहगत तथ्यांक हेर्दा माथिल्लो उमेर समूह नै बढी छ । कोरोना संक्रमणबाट ५० देखि ५९ वर्ष उमेर समूहका १७ सय ५७ , ४० देखि ४९ वर्ष उमेर समूहका १३ सय १० र ३० देखि ३९ वर्ष उमेर समूहका ७ सय ४१ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै २० देखि २९ वर्ष उमेर समूहका २ सय ५७ जनाको मृत्यु भएको छ । साथै १० देखि १९ वर्ष उमेर समूहका ४४ र ९ वर्ष भन्दा कम उमेर समूहका ३८ जना को मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं