Wednesday, August 4, 2021

३५ सय ५८ जना संक्रमणमुक्त, २४ सय २१ जना संक्रमण पुष्टि

कामठाडौं – पछिल्लो २४ घण्टामा देशभर २४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४ सय ६१ पीसीआर परीक्षणमा १५ सय ११ र ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षणमा ९ सय १० जना गरी २४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ३५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० रहेको छ । जसमध्ये ४७ हजार २ सय ४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३ सय ४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं