Sunday, August 1, 2021

शाहरुख र अक्षय एउटै फिल्ममा नदेखिनुको अनौठो कारण

एजेन्सी – भारतीय फिल्म उद्योगमा ३ दशक भन्दा बढी समय बिताइसकेका अक्षय कुमार र शाहरुख खान एक अर्कासँग धेरै कम फिल्ममा देखिन्छन् ।

सन १९९७ मा ‘दिलतो पागल है’ फिल्ममा दुबैजना एकै साथ देखिएका थिए । तर त्यसपछि भने यति लामो समयसम्म दुबै स्टारलाई कुनै फिल्ममा एकैसाथ कहिल्यै देख्न सकिएन ।

अब पनि दुबैजनालाई एकअर्कासँगै देख्न सकिने संभावना पनि कम रहेको देखिन्छ ।

किन सँगै काम गर्दैनन् शाहरुख र अक्षय ?

शाहरुख खानले यसकारण अक्षय कुमारसँग फिल्ममा संगै नदेखिनुमा रमाइलो कारण खुलाएका छन् । उनले अक्षयसँग सुत्ने र उठ्ने समय नमिलेका कारण सँगै फिल्ममा आउन नसकेके बताएका छन् ।

शहरुखले एक अन्तरवार्तामा भनेकाछन्, ‘अक्षयसँगसँगै आउन सक्दिन किनभने उनी बिहान सबेरै उठ्छन्, म अक्षय जति छिटै उठ्ने गर्छन् ,त्यति बिहान सबेरै उठ्न म सक्दिन । जुन समय म सुत्न जान्छु त्यस समय अक्षयको उठ्ने समय भइसक्छ । उनी सबेरै उठ्छन्, यति छिटै उठ्छन् कि जब म काम गर्न सुरु गर्छु,उनी ब्याग प्याक गरी घर जानका लागि तयार भैसकेका हुन्छन् ।’

शाहरुखले आफू यस विषयमा अलि फरक रहेको बताए । उनी भन्छन् धैरै कम व्यक्ति आफू जस्तो राती अबेरसम्म शुटिंग गर्न मनपराउँछन् ।

सँगै क्रिकेट खेल्दैरहेका देखिए शाहरुख र अक्षय

हालै फिल्म ‘दिल ते पगल है’ चलचित्रबाट शाहरुख खान र अक्षय कुमारको एक दुर्लभ फोटो भाइरल भएको छ । जसमा दुबै स्टार क्रिकेट खेलिरहेका छन् । यो फोटोमा अक्षय कुमारले ब्याटिङ गर्दै छन् र शाहरुख खानले विकेट लिएका छन् । यो तस्विर सोशल मिडियामा पनि तीव्र रूपमा भाइरल भइरहेको छ । यो उनीहरूको मैत्रीपूर्ण खेलको तस्वीर हो ।

शाहरुख खानको सबैभन्दा सफल फिल्महरू मध्ये एक

फिल्म ‘दिल तो पागल है’ फिल्म सन् १९९७ मा रिलिज भएको थियो । यो फिल्म शाहरुख खानको क्यारियरको एक उत्कृष्ट फिल्म मानिन्छ । यस फिल्ममा माधुरी दीक्षित र करिश्मा कपूर, अक्षय कुमार र शाहरुख खानको रहेका छन् । यो फिल्म दर्शकहरूले धेरैे मन पराएका थिए । धेरै मानिसहरू आज पनि यो फिल्मको गीत मनपराउँछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं