Saturday, July 24, 2021

पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

सर्लाही । सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर आज बुधबार दाजु–भाइको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको सर्लाही प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकाली उपचारका लागि मलंगवा अस्पतालमा पु¥याएको थियो ।

यद्यपि अस्पताल पु¥याउनेवित्तिकै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दाजुभाइको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं