Wednesday, August 4, 2021

आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक शर्मासहितका तीन जना विरुद्ध १ अर्ब ३३ लाख बिगो माग्दै मुद्धा दायर

काठमाडौं–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्सयौट आयोगका पदाधिकारी लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं