Wednesday, August 4, 2021

उपत्यकाका कोभिड लक्षित अस्पतालमा जटिल विरामी कम हुँदा वेड खाली

काठमाडौं– उपत्यकामा अस्पतालमा जटिल खालका विरामीको लागि वेडको अभाव कम हुँदै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा कोरोना उपचार गराइरहेका विभिन्न १६ अस्पतालमा जनरल एचडियु २५ सय ५१ क्षमता रहेकोमा अहिले ६ सय २५ मा मात्र विरामी छन् ।

त्यस्तै ४ सय २७ वेडको आइसियुमा २ सय २१ वेड प्रयोगमा छन् । २ सय १ वेड क्षमतामा भेन्टिलेटर सहितका आइसियु रहेकामा ७८ वेडमा मात्र विरामी छन् ।

मन्त्रालयले कोभिडको उपचारका लागि शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, विरेन्द्र अस्पताल छाउनी, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रि.वि शिक्षण अस्पतालमा सम्पर्क गर्न भनेको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भत्तपुर अस्पताल, किस्ट अस्पताल र ध्लिखेल अस्पतालमा सम्पर्क राख्न सकिन्छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं