बाढी पहिरोको दौरान खोज, उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेना

काठमाडौं–अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङका विभिन्न स्थानमा खोज, उद्वार तथा राहत वितरणका कार्यहरु संचालन गरेको जानकारी दिएको छ।

सेनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ स्थित मेलम्ची खोलाले कटान गरेको स्थानमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको जानकारी दिएको छ । त्यस्तै हेलम्बु गाउँपालिका – २ स्थित किउल ईलाकामा ५, चिउरीखर्क ईलाकामा ५ र गणेश ईलाकामा बाढी पहिरोबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि १० वटा गरी जम्मा २० वटा अस्थायी बासस्थानको व्यवस्था गरेको जानकारी दिएको छ ।

सेनाले किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत ३ स्थानमा राहत सामग्री ढुवानी गर्नुका साथै अस्थायी बासस्थानको व्यवस्था गरेको जनाएको छ ।

हेलम्बु गाउँपालिका – १ स्थित तिम्बु ईलाका र हेलम्बु गाउँपालिका – २ स्थित किउल ईलाकाका बाढी पहिरो पिडितहरुका लागि १६ वटा अस्थायी बासस्थान निर्माण गर्न सहयोग गरेको सेनाले जनाएको छ ।

सेनाले मनाङको नार्पाभूमि गाउँपालिका –२ स्थित नारफु ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत मेडिकल सामग्री र पाल ढुवानी गरी फर्कने क्रममा स्थानीय ३७ जनालाई उद्धार गरि पोखरामा र २६ जनालाई काठमाण्डौं ल्याइएको छ ।

त्यस्तै चामे गाउँपालिका – ४ मा रहेको स्यालकु खोलामा नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुको सहकार्यमा उक्त्त खोलाबाट नयाँबजार कोतो तर्फ आवत/जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं