नेपाल टेलिकमको मोबाइल नेटवर्क समस्या हट्यो

काठमाडौं – बुधबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ ।

टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माअनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको बातइएको छ । फोन नलाग्ने समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो ।

टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं