२ वटा जलविद्युत् आयोजनामा करिब ९७ अर्ब लगानी स्वीकृत

काठमाडौं – लगानी बोर्डले २ वटा जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ ।
मंगलबार बसेको बोर्डको ४७ औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

लगानी बोर्डका अनुसार २८५ मेगावाट विद्युत् उत्पादन क्षमताको अपर तमोर हाइड्रोपावर आयोजनामा करिब साढे ६३ अर्ब र १३९।२ मेगावाट विद्यु उत्पादन क्षमताको तल्लो मनाङ / मस्र्याङ्दी जलविद्युत् परियोजनामा करिब साढे ३३ अर्ब बराबरको लगानी स्वीकृत भएको हो ।

करिब ६ महिनापछि बसेको बोर्डको बैठकको कार्यसूचीमा ११ वटा एजेण्डा थिए ।

जसमध्ये परियोजना कार्यान्वयन सम्बन्धी एजेण्डामा दमक औद्योगिक पार्कको बिस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, तल्लो अरुण जलविद्युत् परियोजनाको समझदारीपत्रको मस्यौदा पनि बोर्डले स्वीकृत गरेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं