नेपाल टेलिकमको सेवा अवरुद्द

काठमाडौं । नेपाल टेलिकमको मोबाइल फोनमा समस्या आएको छ । टेलिकमको फोनमा आज बुधबार बिहानै देखि फोन नलाग्ने समस्या आएको हो ।

टेलिकमको जीएसएम प्रिपेड र पोष्टपेड मोलाइलमा समस्या आउँदा टेलिकमको मोबाइल सेवा अबरुद्ध बनेको हो ।

कोर सिस्टममै प्राविधिक समस्या देखिएकोले यस्तो भएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी)मा डिल्ली अधिकारीका अनुसार कोर सिस्टममै प्राविधिक समस्या देखिएकोले जीएसएम सेवा अबरुद्द भएको बताएकाछन् । समय आएर सेवा अवरुद्द भएसंगै टेलिकमले पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।

यो समाचार तयार पार्दासम्म भने समस्या समाधान भएको छ । यदि कतै अझै समस्या रहेको भए क्रमश समाधान हुदै जाने टेलिकमले जनाएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं