Wednesday, August 4, 2021

विपक्षी गठबन्धन भन्छन्, ‘जनताले संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुने खतरा , राष्ट्र गम्भीर संकटतर्फ धकेलियो’

काठमाडौं– विपक्षी गठबन्धनका पाँच शिर्षस्त नेताहरूले संविधानको सर्वोच्चतालाई उलंघन गरि स्वेच्छाचारी ढंगले सरकार संचालन गरिरहेको र नागरिकको आवश्यकतामा गैरजिम्मेवार देखिएको उनीहरूको आरोप लगाएका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै नेपाली जनताले संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुने कि भन्ने खतरा उत्पन्न भएको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएकाछन् ।

‘स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मुल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको छ’ वक्तव्यमा भनिएको छ, ‘निर्वाचन आयोगले विभिन्न राजनीतिक दल सम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानुन र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो ।’

वक्तव्यमा अहिलेको असहज परिस्थितिमा जनताको अपेक्षा एवं आवश्यकता प्रति जिम्मेवारबोधका साथ संयुक्त रुपमा पाइला चल्नैपर्ने अवस्था सिर्जना भएको उल्लेख छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं