Sunday, August 1, 2021

७९ अंकले बढ्यो नेप्से

काठमाडौं – सोमबार उच्च अंकले घटेको नेप्से सूचक साताको तेस्रो कारोबार दिन आज मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो ।

आज १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५.७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५.४७ प्रतिशतले बढेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एचआइडिसीएलको ३२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं