Wednesday, August 4, 2021

‘क्लव हाउस’ मा प्रहरी अधिकारीहरूको दर्जयानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने पक्राउ

काठमाडौं – पछिल्लो समय चर्तित सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको नाम, लोगो र प्रहरी अधिकारीहरूको दर्जयानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको चागुनारायण नगरपालिकाको वडा नं. ६ खरिबोट बस्ने इशान लामिछानेलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई नेपाल प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गर्नुका साथै अहोरात्र नागरिकको सेवामा समर्पित सिङ्गो प्रहरी संगठनको छवि लमिल्याउने र सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने’ कसुरमा पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतको अनुमतिले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं