Sunday, July 25, 2021

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं – काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-८ तिलाचौरस्थित सडकमा म.१ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिश्चार्च भएका प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं