Sunday, August 1, 2021

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली – चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने महेश रानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-८ बाट पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-१ बशन्तटोल बस्ने ३५ वर्षीया शान्ति चौधरीको घरबाट ल्यापटप, मोबाईल र नगद गरी जम्मा १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा अदालतले उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं