Sunday, July 25, 2021

भ्याकेट निवेदनको सुनुवाई पनि संयुक्त इजलासमा

काठमाडौं– कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही अमान्य भएको भन्दै सर्वोच्चले पुनःस्थापित गरेको निर्णयमा परेको भ्याकेट निवेदनको सुनुवाईका लागि न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाल रहेको संयुक्त इजलास गठन भएको छ।

कर्णालीमा पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई मतदान गरेको भन्दै कारबाहीमा परेका सांसदरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले मतदान गरेकै कारण शाही नेतृत्वको सरकार जोगिएको थियो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरि पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।

त्यसविरुद्ध एमालेले भ्याकेट (अन्तरिम आदेश खारेजीको माग) सहितको निवेदनमा सर्वोच्चमा दिएको थियो ।

अन्तरिम आदेशमा केन्द्रीय कमिटिले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरिएको थियो।

Leave a Reply

ताजा खबर

यो पनि पढौं