Wednesday, August 4, 2021

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – केही दिन यता ओरालो लागेको सुनको मूल्य साताको तेस्रो दिन आज (मंगलबार) भने ६ सय रुपैयाँल बढेको छ । सोमबार तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य ५ सय ५० रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं