Monday, August 2, 2021

करेन्ट लागेर चार जनाकाे मृत्यु

काठमाडौं – विभिन्न जिल्लामा गरी करेन्ट लागेर चार जनाकाे मृत्यु भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० शिखरपुर ११ बस्ने ३२ वर्षीय धर्म दुलाल रहेका छन् । उनको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हाे।

बाटोमा ढलेको बिजुलीको फलामको पोलमा टेक्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेलम्चीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै सिरहा, लहान नगरपालिका-९ गोठटोल बस्ने ५० वर्षीय जोगिन्द्र साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा कल गाड्ने क्रममा १२ हजार भोल्टको तारले करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सप्तऋषि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी सिरहा, भगवानपुर गाउँपालिका-५ लालपुर टोल बस्ने ४५ वर्षीय देव नारायण यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरको मिटरको तार जोड्ने क्रममा तार सर्ट भई अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं