Saturday, July 24, 2021

मन्त्रिपरिषद विस्तार विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै, रद्ध भए पछिल्लो दुई पटक थपिएका सबै मन्त्री आउट हुने

काठमाडौं – काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कामचलाउ भइसकेपछि दुई पटक मन्त्रिपरिषद्को विस्तार गरे । मन्त्रिपरिषद् विस्तार गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए ।

ुसोही मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेको अवस्थामा पछिल्लो दुइपटक मन्त्री भएका मन्त्रीहरू बाहिरिनुपर्ने अवस्था आउने छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं