Wednesday, August 4, 2021

एकै दिन विभिन्न जिल्लामा गरी ६ जना मृत अवस्थामा फेला

काठमाडौं – एकै दिन विभिन्न जिल्लामा गरी ६ जना मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

मृत अवस्थामा फेला पर्नेमा काठमाडौंकाे तारकेश्वर नगरपालिका-१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक राई आफ्नै कोठाको प्यासेजमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ स्थित खुटिया नदीमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ३८ वर्षीया हरीना जोशी सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ बेलहवास्थित सार्वजनिक पोखरीमा कपिलवस्तु नगरपालिका-८ बस्ने १८ वर्षीय बिजय कुर्मी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै नवलपरासी(पूर्व), मध्यविन्दु नगरपालिका-३ रतनपुरस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका ४६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै स्याङ्जा,  कालिगण्डकी गाउँपालिका-५ बासटारीस्थित कालीगण्डकी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सिरहा, सिरहा नगरपालिका-२ डम्बा खातास्थित पोखरीमा  हाल नाम, थर, वतन, लिङ नखुलेका करिब ५ महिनाको शिशु सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं