खोपले पनि काम नगर्ने कोभिड–१९ को अर्को रुप –डेल्टा प्लस !

कोरोना महामारीको संक्रमणको उतारचढावको कारण धेरैलाई त्रसित बनाउन थालेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कारण बनेको थियो डेल्टा भेरियन्ट (बि.१.६१७.२) । अहिले संक्रमणको अर्को त्रास सुरु भएको छ डेल्टा प्लस (एवाइ.०१) को नयाँ म्युटेसन तिव्रतर रुपमा बढ्दै गएको विज्ञले बताएकाछन् ।

अर्को गम्भिर हुनुपर्ने विषय यो छ कि यसले हामीले खोपको कारण विकास गरेको भनिएको प्रतिरोधात्मक क्षमतालाई नै चुनौति दिएको छ । भारतका प्रमुख वायोलोजिस्ट प्रोफेसर शाहिद जामिलले यसले हाम्रो प्रतिरोधात्मक क्षमता, खोपको कारण बढेको थप क्षमतालाई समेत धोका दिनसक्छ । उनका अनुसार डेल्टा प्लसका ओरिजिनल डेल्टा भेरियन्टका सबै गुण त छ नै त्यसका साथै के४१७एन नामको बीटा भेरियन्ट जुन दक्षिण अफ्रिकामा पाइएको थियो त्यसको लक्षण पनि समावेश छ । अध्ययन ले बीटा भेरियन्टमा भेक्सिनको असर कम देखिएको पाइएको छ । यो अल्फा र डेल्टा भन्दा तिव्र प्रभाव पार्ने खालको छ । दक्षिण अफ्रिकाले एस्ट्राजेनेकाको खोपले काम नगरेको भन्दै फिर्ता गरेको थियो ।

भारतमा डेल्टा प्लसको भेरियन्टको संक्रमण बढ्दै गएको पाइएको छ । यो शरिरमा बनेको एन्टिवडी र प्रतिरक्षाको उपचारमा प्रतिरोधी बन्न सक्छ । यस्तो अवस्थामा मोनोक्लोनोकल एन्टिबडी उपचार जुन पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए , त्यो विधि उपयुक्त हुनसक्छ ।

भारतमा बढ्दै गएको भनिएको यो संक्रमण भारतका छिमेकी मुलुकमा आउन सक्ने कुरामा शंका छैन । यस बारे नेपालमा पनि सचेत रहन जरुरी छ कि ?
एजेन्सीको सहयोगमा

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं