अवैध लागूऔषध सहित एक जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर पुल नजिकबाट २८ ग्राम अवैध लागूऔषध अफिमको चोप सहित भारत घर हुने २० वर्षीय आसिप खानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले भारततर्फ गईरहेका उनलाई जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं