Wednesday, August 4, 2021

सरकार भन्छ, ‘पाँच वर्षमा धानमा आत्मनिर्भर’ विज्ञको अनुसन्धानले भन्छ, ‘यही पाराले सन् २०५० सम्ममा पनि मुस्किल’

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि बजेट सार्वजनिक गर्दै आगामी पाँच वर्षमा मुलुकलाई धानमा आत्मनिर्भर बन्ने योजना बनाएको छ ।

सुन्दा प्रिय लाग्ने र लक्ष्य टाढा नभएको उक्त योजनामा पुग्न भने मुस्किल देखिएको विज्ञहरू बताउँछन् ।

विगत ३० वर्षको उत्पादन र जनसंख्याको अनुपातलाई हेरेर र आगामी संभावनालाई समेत मुल्यांकन गर्दै गरिएको भविष्यमा माग पुरा गर्न चामल उत्पादन हुन सक्छ? विषय अनुसन्धानले अहिलेकै अवस्थाले सन् २०५० सम्ममा पनि त्यो लक्ष्य पुग्न कठिन देखाएको हो ।

उनका अनुसार यहि अवस्थाले सनु २०५० सम्ममा ८८ प्रतिशतमात्र आत्मनिर्भर बन्न सक्ने अवस्था छ । जुन अहिले ८३ प्रतिशत छ ।

यसै अनुसन्धानका एक सदस्य डा. देबेन्द्र गौचनले नेपालमा अहिले वार्षिक ७ लाख मेट्रिकटन चामल आयत हुने गरेको र जुन मागको १७ प्रतिशत भएको बताउँछन् । उनी बजेटले ५ वर्षमा चामलमा आत्मनिर्भर हुने नीत रहेको र अहिलेको उत्पादन अवस्था हाइब्रिड उत्पादन गरे अथवा जनसंख्या नबढेको अवस्थामा वार्षिक ५ प्रतिशतले चामलको उत्पादन बढे पनि आत्मनिर्भर हुन नसकिने उनले बताउँछन् ।

सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा लकडाउनका कारण पर्याप्त जनशक्ति गाउँमा पुगेको र उत्पादन बढेको भनिएको अवस्थामा पनि उत्पादन ०.४ प्रतिशत उत्पादकत्व बढेको तथ्यांक छ ।

डा. गौचन अहिले १० प्रतिशतको हाराहारीका हाइव्रिड धानको बीउ प्रयोग गरिँदै आएकोमा यसलाई बढाएर ४० प्रतिशत हाइब्रिड एरिया बढाए सन् २०४० सम्म आत्मनिर्भरमा पुग्न सक्ने संभावना बताउँछन् ।

उनी अहिले चामलको माग पनि बढिरहेको बताउँछन् । माग बढ्न्मा जनसंख्या र चामलको उपभोगको व्यवहार पनि परिवर्तन भएको कारण चामलको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।

गौचनले भने जस्तो ४० प्रतिशत हाइव्रिड बिस्तार त के किसानमा अहिले प्रयोग गरिरहेको बीउ साट्ने सम्ममा ध्यान दिएका छैनन् । कृषि विज्ञ डा. भालामान सिंह बस्नेत १० देखि १५ प्रतिशतसम्म हाइव्रिड धान लगाउने गरिए पनि बाँकीमा उन्नत वीउ नै भएको बताउँछन् ।
उनका अनुसार सामान्यतया ३ देखि ४ वर्षमा वीउ साट्नुपर्ने हुन्छ । वीउका पुस्ताहरू हुन्छ पहिलो पुस्ता प्रजनन वीउ हुन्छ । प्रजनन वीउ लगाएपछि मूल वीउ बन्छ । मूल वीउ लगाए पछि प्रामाणिक वीउ–१, २ निस्कन्छ । यसरी धेरै वर्ष लगाउँदै जाँदा त्यो वीउ हैन खाद्यान्न हुन्छ ।

‘धेरै किसानले अहिले त्यही खाद्यान्न लगाउँदै आएकाछन् । किसानले नयाँ पुस्ताबाट छान्नुपर्ने हुन्छ । बढीमा पाँच वर्ष भित्र वीउ साट्नुपर्छ तर किसानले साटेका हुँदैनन् ।’ उनले भने ।

बस्नेतका अनुसार पाँच वर्षमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको सरकारले आफैले बनाएको सीड भिजन–२०२५ ले सन् २०२५ सम्ममा वीउ साट्ने दर (सीड रिप्लेसमेन्ट रेट–एसआरआर) २५ प्रतिशत पुराउने लक्ष्यमा सिमित छ । तर अहिले त्यसको दर जम्मा १२ देखि १४ प्रतिशतसम्म मात्र छ । अन्य एसियाली मुलुकमा पनि यो दर धेरै माथि छ ।

अहिले कृषि अनुसन्धान केन्द्र, कृषि विभाग, विभिन्न गैरसरकारी संघसंस्थाले पनि वीउ उत्पादन गर्दै आएका छन् तर तिनले उत्पादन गर्ने वीउ एकदमै कम छ । १५ लाख हेक्टरमा वीउ पुर्याउन धेरै गाह्रो छ ।

सरदर एक हेक्टरमा ५० किलो वीउको सिफारिस छ । १५ लाख हेक्टरको लागि त्यो दरमा हेर्दा पनि ७५ हजार टन वीउ आवश्यक पर्छ । जसको व्यवस्थापन धेरै गाह्रो हो ।

विज्ञ धान खेतीलाई पढेर, पढेर विज्ञको रायका आधार धान खेती अनिवार्य रहेको बताउँछन् । उनले वीउ छनौट प्रभावकारी भएमात्रै पनि १० प्रतिशत धान उत्पादन बढाउन सकिने र त्यसबाट आत्मनिर्भर बन्न सकिने बताउँछन् ।

‘धानको उत्पादन बढाउन उच्च स्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसनको आवश्यकता छ, अर्को तिर धानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपका विस्तार गर्न आवश्यक छ’ उनले भने ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं