Monday, August 2, 2021

शांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्रि खुला

काठमाडौं – शांग्रिला डेभलपमेन्ट बैंकले आज असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ७ लाख ७५ हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं