Monday, August 2, 2021

अवैध लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं – कैलालीकाे भजनी नगरपालिका-३ पडरीयाबाट ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-५ कौवाखेडा बस्ने ३२ वर्षीय डम्मर साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकाे बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारबाट १ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलडाँडी गाउँपालिका-५ बस्ने २४ वर्षीय अनिल राना र सोही ठाउँ बस्ने २४ वर्षीय जन्म कुमार राना रहेका छन् । म.३ प ६७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं