Monday, August 2, 2021

देउराली यातायात प्रा.लि.द्वारा पौने एक करोड राहत रकम प्रदान गर्ने निर्णय

सहयोगी बि.सि.

अर्घाखाँची – जिल्लामा स्थापित देउराली यातायात प्रा. लि . ले आफ्ना व्यवसायीहरुलाई जनही ५० हजारको दरमा राहत रकम प्रदान गर्ने निर्णय गरेको छ।

प्रा. लि. को शनिबार सम्पन्न बैठकले सर्वसम्मत रूपमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना संक्रमितको दोस्रो लहरमा बैशाख २० गते देखि लकडाउन भएकोले व्यवसायीहरुलाई बैंक किस्ता भुक्तानीको लागि केही राहत होस भनी उक्त निर्णय प्रदान गर्ने निर्णय गरेको अध्यक्ष गोविन्द बन्जाडेको भनाइ छ।

झण्डै डेढ महिना सबारी साधन चलाउन नपाउँदा चालक सहचालक र कर्मचारी समेत बेरोजगार भइ दैनिकी सम्म चलाउन मुस्किल परेको भन्दै कर्मचारी र चालकहरुलाई एकमुष्ट ५–५ हजार र सहचालक लाई २ हजारका दरमा राहत रकम दिने समेत निर्णय गरिएको प्रा. लि. का महासचिव प्रेमचन्द्र पाण्डेले बताए।

अहिले सो प्रा. लि. मार्फत संचालित बस,हायस,जिप,गरि झण्डै १४३ रहेको प्रालीले जनाएको छ।

यसबाट ७५ लाख रकम मौज्दात रकम बाट बितरण हुने बताईएको छ।

गतबर्ष पनि व्यवसायीहरुलाई ८० लाख राहत रकम वितरण गरिएको थियो।

सामाजिक दायित्व निर्बाह गर्ने क्रममा विभिन्न गतिविधिमा साथ र सहयोग गर्दै आएको यस प्रालिले गत वर्ष जिल्लाका ६ स्थानीय निकाय हरुलाई १–१ लाखको दरमा कोभिट नियन्त्रणको निम्ति समेत रकम प्रदान गरेको पुर्ब अध्यक्ष देबराज श्रेष्ठले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं