Monday, August 2, 2021

पूर्व राज्यमन्त्री विष्टको निधन

काठमाडौं– नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। प्रदेश अस्पतालमा सुर्खेतमा स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि कोठमाण्डौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।

६० वर्षीय विष्ट नेपाल सरकारको पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री, पूर्व संविधान सभा सदस्य, पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं