Monday, August 2, 2021

सात प्रदेशका उत्कृष्ट किसान भन्छन्, ‘अनुदानको लोभले किसान नबनौं, सरकारी अनुदान उत्पादनमा आधारित हुनुपर्छ’

काठमाडौं – लुम्बिनी प्रदेशमा एकिकृत कृषि फार्म संचालन गर्दै आएका कृषि उद्यमी यामलाल आचार्य ११ वर्षदेखि कृषि पेसामा संलग्न छन् । १० जनालाई रोजगार दिएर साढे ४ करोड लगानीमा फर्म सञ्चालन गरेका उनले कागती खेती र बाख्रा पालन गर्दै आएका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न उनी शिक्षण पेशा छाडेर कृषि कर्ममा लागेका हुन् । उनले शिक्षितहरु कृषिमा लागेमा नाफा आर्जन गर्ने गरी कृषि कर्म अगाडि बढाउन सक्ने उनको विचार छ ।

अनुदानमा किसानको पहुँच नहँुदा नीति कागजमा मात्र सिमित हुने गरेको उनको अनुभव छ । किसानका लागि कृषि ऋण झन्झटिलो हुनुका साथै कृषि बीमा किसानलाई नभई बिमा कम्पनीलाई नाफा मात्र रहेको उनको भनाइ ।

कृषकको वर्गीकरण गर्नुपर्ने, परिचयपत्र वितरण गर्न र व्यवहारिक तालिम गराउनु पर्ने र उत्पादनमा आधारित अनुदान तथा ऋण सहजीकरण गर्र्र्नुपर्ने सुझाव उनको छ । कृषिलाई पर्यटनसँग जोडेमा रोजगारी र कृषिमा आकर्षण सिर्जना गर्न सकिने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको डडेलधुरामा बहु कृषि उत्पादनमा काम गर्दै आएका प्रसाद दत्त अवस्थीले ४ सय रोपनी जमिनमा आलु मात्र खेती गरिहेका छन् । शिक्षण पेशा छाडेर आधुनिक कृषि तर्फ लाग्दै गरेका उनले कृषिमा लगानी सुनिश्चतता आवश्यक रहेको बताए । ऋण तथा अनुदानको प्रणाली कृषक अनुकूल नभएकाले सुधार गर्नुपर्ने उनको सुझाव छ ।

अनुदानको लोभले कृषिमा लाग्नेहरु आफैलाई धोका भइ न कृषि न अरु पेशामा जान सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । उनले अनुदानको दुरुपयोग गर्ने सोंच लिएर नभइ कृषि बुझेर र कृषिबाटै आफ्नो भविष्य खोज्नका लागि कृषि कर्ममा लाग्न युवालाई अुनरोध गरे । सरकारले पनि उत्पादनमा आधारित भएर ऋण दिएमा कृषकलाई राहत हुने उनको धारणा छ ।

जंगली जनावर, रोग किराको समस्या उस्तै रहेकाले यसको समाधान गरी भारतबाट ल्याउने तरकारीमा रोक लगाउन उनले आग्रह गरे । सक्दो सरकारले किसानबाट तरकारी किने किसानको उत्पादनमा बजारीकरण सुनिश्चिता हुने उनले बताए ।

प्रदेश १ अन्तर्गत इलामका चया उद्यमी सुरेस लिम्बुले समृद्ध नेपालको लागि चियाको अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो औंल्याए । उनी कृषि विकास बैंकको ऋण सहयोगमा चिया खेती गर्दै आएका उनले अनुदानको प्रभावकारीतामा जोड दिन्छन् ।

उनले चिया खेतीमा राजनितीक प्रभाव हुन नदिन आग्रह गरे । चिया क्षेत्रमा अनुसन्धान गरि प्रविधि विकास गर्नुपर्ने भन्दै उनले नेपाली चियालाई अन्तराष्ट्रिय रुपमै प्रवद्धन गर्दै लैजानुपर्ने उनको धारणा छ । उनले चिया नीति समय सापेक्ष अध्यावधिक नभएकाले लाभ अझै लिन नसकेको बताए । चियामा नयाँ प्रविधि अंगाल्न पर्ने सुझाव उनको छ ।

प्रदेश २ अन्तर्गतको मत्स्य पालक कृषक लक्ष्मीनारायण यादवले ४ बिघाबाट माछा पालन सुरु गरेका हुन् । हाल ४२ बिघा जमिनमा माछा पालन गरिरहेका उनले यो व्यवसायमा ५० प्रतिशत आमदानी हुने गरेको बताउँछन् । आम्दानी बढेसँगै युवा विदेश पलायन हुनबाट रोकिने उनको भनाई छ ।

सरकारले माछा पालनका लागि जिल्लामै पानी तथा माटो जाँच गर्ने ल्यावको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ । बजारीकरणका लागि तौलअनुसारको मूल्य नपाएका कारण किसान पलायन हुन सक्ने भएकाले बजारीकरण सुनिश्चितता गराउन उनले आग्रह गरे ।

बागमती प्रदेशका रामकोट एग्रो फामका पुष्प व्यवसायी राजन गिरीले सरकारले ज्ञान केन्द्र मार्फत अनुदान सहुलियत वितरण गरेको राम्रो पक्ष रहेको बताए पनि प्रकृया झनजटिलो भइरहेको बताउँछन् । यसमा सरकारको तर्फबाट १ महिनामा २ पटक सम्म अनुगमन गरेर भए पनि राम्रो काम गर्नेलाई अनुदान तथा सहयोग दिनु पर्ने उनले सुझाव छ ।

गण्डकी प्रदेश कास्की माछा पुच्छ«े कफी खेती गरिरहेका कलाधार बुङगैले २०५० सालबाट कफी खेती सुरु गरेका हुन् । उनले कफि खेतीमा ५ गुणा बढि आमदानी हुने बताए । पहाडीभेगमा बादर लाग्ने भएकाले कफि बादरले नखाने खेती, वातावरण मैत्री खेती रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री कषि आधुनिकीकरणबाट पकेट हुँदै ब्लक खेती गरिरहेका उनले अनुगमन प्रभावकारी बनाउनुपर्ने बताए । कृषक परिचय पत्र विस्तारमा जोड दिनु पर्ने बताउदै अनुदान सहयोग वास्तविक किसानले पाउनुपर्ने बताए ।

उत्पादनका आधारमा अनुदान दिए सहज हुने सुझाउदै उनले प्रभावकारी ऋण सहुलियत र सरल रुपमा पाउने अवस्था सृजना गर्नुपर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेश सुरखेत एकिृत फर्म उद्यमी चित्र प्रसाद रेग्मीले कृषि क्षेत्रमा सम्भावना रहेको तर, उत्पादन पछिको बजारिकरमा सरकारले सुनिश्चत्ता गर्नु पर्ने बताउँछन् । विभिन्न तहका सरकारले सञ्चलन गरेका कार्यक्रम कागजमा मात्र सिमित रहेको र किसानको पहुच खेतबारी भन्दा नभएको उनको भनाइ छ ।

सरकारको कार्यक्रम पहुचवालासम्म मात्र पुगेको उनको आरोप छ । किसानलाई प्रोत्साहन गर्न जरुरी रहेको र कृषि बीमा तथा बजारीकरणको जिममा सरकारले लिए विदेश जान बाधय भएका युवा नेपालमै कृषि गर्न सक्ने उनले बताए । फिल्डमा अनुगमन गरेर उत्पादनमा आधारित अनुदान प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

कृषि विभाग र नेपाल कृषि महासंघले आयोजना गरेको समृद्ध नेपालका लागि कृषिमा आधुनिकिकरण सता प्रदेशबाट उत्कृष्ट कृषकहरुले अनुभव प्रस्तुत गरेका हुन् ।
सात प्रदेशका उत्कृष्ट कृषक तथा कृषि उद्यमीहरुले अनुदानको लोभमा कृषि कर्ममा लाग्ने नक्कली किसान आफैलाई घात हुने भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

सरकारले वितरण गर्ने अनुदान उत्पादनमा आधारित नहुँदा दुरुपयोग बढेको बताएका छन् । परियोजनामा अनुदान दिँदा टाठाबाठा, नेता र कर्मचारीका नजिककाले अनुदान लिने र दुरुपयोग गर्ने गरेको पाएको कृषकहरुले अनुभव सुनाए ।

कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डितले देशभरका किसानहरुको तर्फबाट प्रस्तुतिले हालको कृषि प्रणालीलाई परिवर्तन गर्दै कृषिबाट आम्दानी लिन सकिने उदाहरण प्रस्तुत गरेको चर्चा गर्दै नीति निर्माणमा कृषकका अनुभवलाई समेटिने बताइन् । प्रस्तुत १० वटा पेपरले नीति निर्माणमा सहयोग पुग्ने बताइन ।

प्रदेश १ की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहालले किसानले अनुदान, ऋण र प्रविधि प्राप्त गर्न धेरै झन्झटिलो प्रक्रिया रहेकाले आधुनिक प्रविधिको प्रयोग र नीतिगत सुधार गरेर अगाडि बढाउनुपर्ने बताइन । साना किसानका लागि भौचर प्रणाली निकै प्रभावकारी रहेको बताइन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं