Saturday, July 24, 2021

कांग्रेसले किन बहिस्कार गर्दैछ महानगरको नीति तथा कार्यक्रम ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमको नेपाली कांग्रेसका जनप्रतिनिधिले विरोध गरेका छन् । पर्याप्त छलफल बिनै नीति तथा कार्यक्रम ल्याउन लागिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

उपमेयर हरिप्रभा खड्कीले मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको जानकारी दिइन्  ।

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ ।’

खड्कीले विगतदेखि नै आफूले महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताइन् । महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको उनको भनाइ छ । 

महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषद्मा पेश गर्दैगर्दा काँग्रेसले परिषद् बहिस्कार गर्ने निर्णय गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं