Sunday, June 20, 2021
युनिकोड

गण्डकीमा पोखरेल नेतृत्वमा सशरीर बहुमत दाबी

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको संभावना बलियो भएको छ ।

नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर बहुमत पेश गर्न आह्वान गरेसँगै विपक्षी गठबन्धन आधार पेश गर्न आजै प्रदेश प्रमुख भेट्न पुगेको थियोे ।

नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद सशरीर प्रदेश प्रमुख कहाँ पुगेर मुख्यमन्त्री दाबी गरेकाछन्।

उनले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरूङसहित ३१ जनाको समर्थन पेश गरेकाछन् ।

६० सदस्यीय प्रदेशसभामा जनमोर्चा सांसद कृष्ण थापालाई ह्वीप उलंघन गरेको भन्दै कारबाही गरेको र जनमोर्चाको सिफारिशमा सभामुख नेत्रनाथ अधिकारीले थापा पदमुक्त भएको घोषणा गिरसकेकोले अब जम्मा सदस्य संख्या ५९ मा सिमित भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै