Sunday, June 20, 2021
युनिकोड

२४ घण्टे समय पाएको गण्डकीमा आजै दाबी पेश गर्दै गठबन्धन

काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर बहुमत पेश गर्न आह्वान गरेसँगै विपक्षी गठबन्धन आधार पेश गर्न आजै प्रदेश प्रमुख भेट्न पुगेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका हुन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका छन् । जुन बहुमत संख्या हो ।

बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएको थियो। उनले विश्वासको मत जुटाउन सकेका थिएनन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै