गृहपृष्ठ राजनीति महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

प्रकाशित मिति:

काठमाडौं – भदौ भित्र महाधिवेशन गर्ने प्रतिवद्धता जनाएको नेपाली कांग्रेसले छलफल अगाडि बढाएको छ ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न शनिबार पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन बारे छलफल गर्न भन्दै पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाले शनिबार २ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा कोरोना संक्रमणलाई ध्यान दिंदै महाधिवेशन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेसले ७-१० भदौका लागि तोकिएको महाधिवेशलाई दुई साता सार्ने गरी आन्तरिक तयारी अघि बढाएको हो । जसअनुसार वडा तहदेखि केन्द्रसम्मकै कार्यतालिकामा सामान्य हेरफेर गर्ने कांग्रेसको योजना छ ।

सम्बन्धित् समाचार