३ जिल्लामा ३ जना पुरुष मृत फेला परे

 काठमाडौं, – काठमाडौं महानगरपालिका-८ स्थित पशुपति मन्दिर नजिक सत्तलमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

   त्यस्तै गरी  पर्सा, वीरगंज महानगरपालिका-१५ मा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा  फेला परेका छन् ।

    काभ्रे, भुम्लु गाउँपालिका-७ राजपथस्थित सुनकोशी नदीको किनारामा सोही ठाउँ बस्ने ४२ वर्षीय कमल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । जेठ २२ गते देखि हराई वेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त नदीको किनारामा शव फेला परेको  हो ।                        

      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै