सभामुखले राखेको छलफल संघीय संसद भवनमा सुरु

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग राखेको छलफल संघीय संसद भवन नयाँबानेश्वरमा चलिरहेको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग समसामयिक विषयमा छलफल आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको भएपनि उनी उपस्थित नहुने जानकारी दिइसकेका छन् ।

छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी भएकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै