Thursday, June 17, 2021
युनिकोड

करेन्ट लागेर मृत्यु

   झापा, -अर्जुनधारा नगरपालिका-३ बस्ने ८२ वर्षीया गल माँया खड्काको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

सडकमा चुडिएको विद्युतको तारबाट करेन्ट लागेर मृत्यु

    यसैगरी झापा, कमल गाउँपालिका-७ लालधोन्द्रास्थित खेतमा पानी लगाउन जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने महेन्द्र धिमालको भान्जा मोरङ बेलबारी नगरपालिका-४ तेलकुरी बस्ने १४ वर्षीय सन्देश धिमालको बिहीबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।                           

         यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै