Thursday, June 17, 2021
युनिकोड

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

  काठमाडौं,  – बाँके, नेपालगंज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकमा ज.९ प ५०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० मनिकापुर बस्ने ६५ वर्षीय बर्षादी नाउको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक दैलेख माकु गाउँपालिका-५ बस्ने २८ वर्षीय प्रमोद शाहीलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ ।

सवारी दुर्घटनामा परी मृत्यु

   त्यस्तै गरी दाङ, राप्ती गाउँपालिका-२ स्थित सडकमा लु.अ.अ.च.५३३४ नम्बरको गाडी र भे.१ प ८४२२ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै