गण्डकीमा सत्तापक्षबाटै संसद अवरोध

पोखरा- गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक सत्तारुढ दल नेकपा एमालेले अवरोध गरेको छ।

शुक्रबार सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै पाँच मिनेट सन्चालन भएर बैठक स्थगित भएको हो ।

एमालेको प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘बैठकमा मन्त्रीहरू आउनुपर्ने थियो। तर, एकजना पनि सहभागी हुनुभएन। त्यसैले बैठक स्थगित गर्न माग गर्दछौँ।’

एमालेका सचेतक अधिकारीले बैठक स्थगित गर्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक  ३० जेठ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै