Monday, June 21, 2021
युनिकोड

जनमाेर्चाका सांसद थापा फेरि कारबाहीमा

काठमाडौं – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई फेरि कारबाही गरेको छ ।

प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा तटस्थ बसेका उनलाई विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको जनाएको हो ।

यस अघि पनि कारवाहीमा परेका थापालाई सर्वोच्चले एउटा खास काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै