मनाङेले मन्त्री पदबाट दिए राजीनामा, विपक्षी गठबन्धनको सरकार बन्ने !

काठमाडौं – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

उनले आफूले मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङको साथ दिन नसक्ने संकेत गर्दै राजीनामा दिएका हुन् । प्रदेश सभा विघटन हुने स्थितिमा गएको र त्यसलाई रोक्न विपक्षी गठबन्धलाई सहयोग गर्ने घोषणा गरेकाछन्।

गत बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित थिए। मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।

यससँगै विपक्षी गठबन्धनलाई बहुमत पुग्ने निश्चित भएको छ । यस अघि १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएका मनाङेले मुख्यमन्त्रीलाई साथ नदिने अनुमान गरिएको थियोे । पछि मुख्यमन्त्री गुरुङकै कित्तामा फर्किएका मनाङेले मन्त्री उपहार पाएका थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै