गृहपृष्ठ बागमती चितुवाको छाला सहित दुई जना पक्राउ

चितुवाको छाला सहित दुई जना पक्राउ

कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट १ थान चितुवाको छाला सहित २ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं – कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >> रेड पाण्डाको छाला सहित एक जना पक्राउ

सम्बन्धित् समाचार