Thursday, June 17, 2021
युनिकोड

सर्वोच्चले भन्यो, ‘नागरिकता सम्बन्धि अध्यादेश कार्यान्वयन नगर्नु’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले  सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन नआएको भन्दै नेपाल सरकार मन्त्रिपरिषदको  सिफारिस बमोजिम जेठ ९ मा राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको हो ।

संवैधानिक इजलासले यसलाई शक्तिपृथकिकरणको सिद्धान्त अनुकूल नभएको समेत बताएको छ साथै इजलासले नागरिकता सम्बन्धी अध्यादेश प्रतिनिधिसभा विघटनको भोलिपल्ट जारी हुनुलाई असहज भनेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै