Sunday, June 20, 2021
युनिकोड

पार्किङ गरी राखेको टेम्पोमा आगजनी

सर्लाही – गोडैता नगरपालिका-७ बस्ने सन्तोष झाले आफ्नै घरको अगाडि बाटो छेउमा पार्किङ गरी राखेको ना.२ ह ४४९५ नम्बरको टेम्पोमा बुधबार बिहान आगजनी भएको छ । आगजनीबाट टेम्पो पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

उनकै भतिज ३२ वर्षीय भगवान झाले लेनदेनको बिषयलाई लिएर टेम्पोमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले उक्त टेम्पोमा आगो लगाउने कार्यमा संलग्न झालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >> पार्किङमा राखिएको मोटरसाइकल जलेर नष्ट

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै